हर रात सपनीमा तिमीलाई देख्न पाऊँ
तिम्रै बारे गजलका शेरहरू लेख्न पाऊँ
भावनाका छालहरू मनभित्र तरंगिदा
मदहोसी मौषममा तिमी संग भेट्न पाऊँ
बिहानको झुल्के घाम जव डुब्छ छितिजमा
त्यति बेला मुस्काउँदै तिम्रो बाटो छेक्न पाऊँ
जिन्दगीको जन्घारमा यी पाइला लर्खराए
तिम्रो हात समाएर प्रीत साँगु टेक्न पाऊँ
लक्ष्मी पोखरेल
काठमाडौँ -कपन
हाल इज्रायल
