Skip to content

धन्य छौ भगवान

  • by


धन्य छौ भगवान तिमी
आभारी छु तिमीप्रति
तिमीले
हासो नदिएर के भयो त ?
पेटभरि रुने आशु त दियौ
सुख नदिएर के भयो
पीडा सहने शक्ति त दियौ
विश्वास छ मलाई तिम्रो हात खालि छैन
जे दिन्छौं जस्तो दिन्छौं
राम्रैको लागि दिन्छौँ
आँशु नहुदो त यहाँ
कति जलेर सकिन्थे होलान
पीडा नहुदो हो त मानिसमा
उन्मादले कति बहुलाउथे होलान
तिम्रो लिला अपरम्पार यहाँ
एउटा दिन्छौँ अर्को खोस्छौ
हासो रोदन
सुख पीडा पालै पालो भोग्न दिन्छौँ
धन्य छौ भगवान तिमी
आभारी छु तिमीप्रति
तिमीले
पूर्ण बनाइदिएको भए मानिसलाई
तिम्रो मुर्ति कसले कुद्थ्यो
तिम्रो मन्दिर को पो धाउथ्यो ?
दास बनाएर तिमीलाई नै
मानिस जातले दिनु दुख दिन्थ्यो
अस्तित्वमा रहनु छ भने भगवान !
म र म जस्ता मानिसलाई अझै सताउ
घोची रहोस छातीहरू
बर्षिरहुन आँशुहरू
भनुन तिनले तिमीलाई
हे निष्ठुरी दैब कति दुख दिन्छस ?
हो यसै गरी सधै मानिसले
तिमीलाई सम्झी रहुन पूजी रहुन
कि तिमीमा शक्ति छ
यही भ्रमले नै मानिसलाई भुलाउन सकिन्छ
नत्र त भगवान तिमी नै जानकार छौं !
धन्य छौ भगवान तिमी
आभारी छु तिमीप्रति
तिमीले
मानिसलाई खै के उदेश्यले बनायौ ?
जे होस् बनायौ राम्रै उदेश्यले बनायौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *