Skip to content

अमेरिका आउनासाथ


अमेरिका आउनासाथ नै मस्ती कहाँ हुन्छ यहाँ
आउनेलाई था छ कसोरी परिवेशले थुन्छ यहाँ

लोग्ने छोडी आउनु पर्ने स्वास्नी छोडी आउनु पर्ने
बच्चा छोडेर आउनेको मन त कठै रुन्छ यहाँ

काम माथि काम यहाँ गोरु जोतीए झैँ सधैँ
नेपाल पठाउने डलरलाई रुपैंयाले गुँन्छ यहाँ

गर्न शरम आफ्नो देशमा यहाँ गर्नु पर्ने रैछ
उताको धक्कु र बखान कल्ले पो सुन्छ र यहाँ

थला परेँ ऐया मरेँ बिमा पनि छैन हरे
नेपाली मायालु हातले यसो कल्ले छुन्छ यहाँ

यता देख्छ उता देख्छ जोडाजोडी भा’ सँगसँगै
आफ्नो मायालु परिवार ल्याउने सपना बुन्छ यहाँ

इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *