Skip to content

प्रेमको खोजी

  • by
RabindraKumarMandal


मेरो मनको तस्विर अब, कागजमा कोर्नु पर्यो
को हो? कुन्नि थाहा छैन, अब मलाई खोज्नु पर्यो

रातको सपनामा, उनको माया पाएको छु
विपनामा माया पाउन, अब मैले खोज्नु पर्यो

पहाड, पर्वत, नदीसँग, उनको नाउँ सोधेको छु
उनी सँग भेट्न अब, मन्दिर-मन्दिर धाउनु पर्यो

काँडा थिएँ म त, अब फूल भएको छु
घोचि दिन्थे हातहरुमा, अब वास्ना छर्नु पर्यो

तिम्रो हात थाम्न म त, मेरो हात बढाएको छु
मायाको आलो छर्न, प्रेमको रवि बन्नु पर्यो

रविन्द्र कुमार मण्डल

Leave a Reply

Your email address will not be published. Required fields are marked *