Skip to content

अर्को साल आउँछु भन्थे

  • by


अर्को साल आउँछु भन्थे पोहर साल भन्दा बैनी
आउने दिन बाँकी रैछ साहुले मिति गन्दा बैनी ।

गाउँबेसी डाँडाकाँडा गुन्जिदा हुन तीजका गीतले
भक्कानिदै रुदै हौली नमान न धन्दा बैनी ।

तिम्रो हातको भाईटीका आमाको त्यो आशिर्बाद
सम्झिल्याउदा हकानिदै अत्तिन्छ मन खन्दा बैनी ।

मातृभूमि ईष्टमित्र सबको माया त्यागी बिदेश
धाउँदा आखिर फसाई छाड्य़ो समयको फन्दा बैनी ।

रामकृष्ण पौडेल “अनयास”
भरतपुर- 13,गजलकुन्ज
चितवन
http://ramkrishnakapana.blogspot.com/

Leave a Reply

Your email address will not be published. Required fields are marked *