मैले आफूलाई पचास वर्षको उमेर घटाएर बाह्र वर्षको ठिटोको रूपमा खडा गरी आफैालाई हेरिरहेछु दरबार हाइस्कुलमा भट्टराई बाजे (बासुदेव भट्टराई) इतिहासका टिचर लठ्ठी टेकेर विस्तारै क्लासभित्र पस्नुहुन्छ । फोटो क्लास, अचेलको भए सातौा कक्षा । उहााले भारत वर्षको र इङ्ग्ल्याण्डको इतिहास पढाउनु हुन्थ्यो । म पछाडिको बेञ्चमा बसेको छु । मेरो सामुन्ने एउटा पुस्तक छ, जसको जिल्दाको सागै टाासिएको कागज बाक्लो सेतो र सफा छ । त्यो सेता कागजमा भट्टराई बाजेको आकृति लेख्ने ममा इच्छा पैदा हुन्छ । सिसा कलमले मेचमा बस्नुभएका भट्टराई बाजेलाई हेरी-हेरी म उहााको आकृति कोर्न थाल्छु । अचानक मेरो कानमा भट्टराई बाजेको आवाज आउाछ ‘मल्ले यता आइज’ म व्यूाझे जस्तो हुन्छु । खुरुखुरु किताबै बोकेर म उहााको सामुन्ने पुग्छ ।
“के लेख्दै छस् मल्ले खोइ हेरुा ?” उहााको यस प्रश्नले म तर्सी तर्सी लजाउादो किताव सामुन्ने पष्टाएर उहााको लेखेको आकृति देखाउाछु । उहाा त्यस चित्रलाई हेर्दै मुस्काउनुहुन्छ र भन्नुहुन्छ – “के म यस्तै छु ।” मैले भने- “मलाई यस्तै लाग्यो ।”
“तालाई लाग्नु र म त्यस्तै हुनुमा के फरक छैन, लौ तेरा साथीहरूलाई देखा चाण्डाल । सबजना सहपाठीहरू उहााको त्यो रेखाकृति देखेर हाास्न थाल्छन् । अनि उहााको आवाज फेरि सुनिन्छ “के हाास्छौ तिमीहरू । यो मल्ले चित्रकार हुनसक्छ बुझ्यौ तर यसको गस्ती यही हो कि यसले मेरो क्लासमा इतिहास नपढी, चित्र लेख्न थाल्यो -चाण्डाल । तर अफसोच । म चित्रकार हुन सकिन तर जे भएा त्यो पनि एक कलाकार नै हो । ‘साहित्यिक लेखक ।’ -वासुदेव भट्टराई स्मृति-ग्रन्थ- २०४५)
एउटा साहित्यिक लेखक । विजय मल्ल स्वयंले स्वीकारेको व्यक्तित्व नेपाली साहित्यिले मानेको एउटा विराट व्यक्तित्व जीवन ७४ वर्ष मात्र बााचे पनि उत्कृष्ट कृतिहरू दिएर नेपाली साहित्यमा चुलिनुभएको व्यक्तित्व । वि.सं. २०५६ सालको साउन महिनामा उहााको निधन भयो र नौवर्ष पूरा पनि भइसक्यो ।
मोफसल र राजधानीको कुरा उठाएर नाम चलाउन खोज्नेहरूका लागि विजय मल्ल गतिलो जवाफ हुन सक्नुहुन्छ । काठमाडौावासी भएर पनि विजय मल्ल प्रति नेपाली साहित्यले न्याय गर्न सकेन । मोफसलको कुरा अघि सार्दा सार्दै विजय मल्ल जस्ता कैयौा स्रष्टालाई हामीले बिर्सिएका छौा । सुब्बा ऋद्धिबहादुर मल्ल र उहााका दुई सुपुत्र गोविन्द ‘गोठाले’ र विजय मल्लको साहित्यिक योगदान निकै महत्त्वपूर्ण छ । विजय मल्ल लेखनले निकै माथि उठेको व्यक्तित्व तर समूह, गुटले उचाल्न आवश्यक नदेखेको व्यक्ति/साहित्यिमा योगदान नभए पनि दुई-चार जनाले रूचाउने पनि लेख्न नसक्नेहरू उचालेको भरमा ठूला साहित्यकार भएका छन् यहाा । विजय मल्लले जे लेख्नुभयो स्तरीय लेख्नुभयो, काम लाग्ने लेख्नुभयो, लोकपि्रय लेख्नुभयो । कलममा जादु भएजस्तै जुन विधामा कलम चलाए पनि उत्तिकै सफल । कविता, कथा, नाटक, उपन्यास चारै विधामा उत्तिकै सिद्धहस्त, उत्तिकै सिपालु, उत्तिकै सफल । यति सफल र सशक्त स्रष्टालाई नेपाली साहित्यले बिर्सिएको छ अचेल ।
“आजकल त मानिसको उमेर बढ्न थालेको छ त्यसैले केही वर्ष अझ बााच्छु कि जस्तो लागेको छ ।” -२०५५ गोरखापत्र) यसरी अभिव्यक्ति दिएको एकवर्ष नबित्दै उहाा बित्नुभयो । उहााको सम्झनामा तत्कालीन श्री ५ को सरकारको निर्णय अनुसार राष्ट्रिय सम्मान प्रदान गरियो । यसपछिका दिनहरूमा भने विजय मल्लको चर्चा त्यति भएको छैन ।
वि.सं. १९८२ सालको असार महिनामा काठमाडौाको ओमबहालमा जन्मिनुभएका विजय मल्लको साहित्यिक यात्राको थालनी वि.सं. १९९८ मा ‘शारदा’ मा कविता छापिएपछि सुरु भयो । विजय मल्लका कविता, अनुराधा, कुमारी शोभा -उपन्यास) बौलाहाकाजीको सपना, जीउादो लास, कोही किन बरवाद होस्, भित्तेघडी, सृष्टि रोकिादैन, भुलैभुलको यथार्थ पत्थरको कथा, दोभान आदि नाटक-एकाङ्की, एक बाटो अनेक मोड, नाटक एक चर्चा -समीक्षा) परेवा र कैदी -कथा सङ्ग्रह) का स्रष्टा मल्ल शारदा -मासिक) सात एकाङ्की, कविता, नेपाल पुकार -साप्ताहिक) का सम्पादक रहनुभयो । विजय मल्लका अन्तिम यात्रा -कथा सङ्ग्रह) लामो रातको यात्रा, के उर्वशी फर्किन्छिन -उपन्यास) प्रकाशोन्मुख अवस्थामा रहेका छन् ।
किशोरावस्थामै चित्रकार हुन जमर्कोमा लाग्नुभएका विजय मल्ल राजनीतिमा भने सक्रिय भएरै लाग्नुभयो । नेपाली काङ्ग्रेससाग आवद्ध भई नेपाल राजनीतिमा पनि आफूलाई विशिष्ट स्थानमा राख्नसक्ने विजय मल्ल राणा विरुद्ध लाग्नुभएको थियो । जेल सजाया पाउनुभएको थियो, कलमको माध्यमबाट विद्रोह र असन्तुष्टि पोख्नुभएको थियो । नेपाली राजनीतिमा उहााको योगदान एकातिर छ भने नेपाली भाषा र साहित्यमा उहााले दिनुभएको योगदान अर्कोतिरछ । समको भक्त भानुभक्त नाटकमा सुब्बाको अभिनय गर्ने विजय मल्ल समको ‘मुकुन्द इन्दिरा’ हेर्दाहेर्दै नाटक लेख्न अभिप्रेरित समेत हुनुभयो । राजनीति, अभिनय, चित्रकला जतापनि रूचि देखाउने विजय मल्ल अन्ततः साहित्यकारको रूपमा प्रसिद्ध हुनुभयो । घरको वातावरण साहित्यिक भउकोले वाल्यकालदेखि नै साहित्य र साहित्यकारसाग भिज्न पाउनुभएको विजय मल्लले १० वर्षको उमेरमै ‘शारदा’ जस्तो पत्रिकासाग नजिकिन पाउनुभयो । नेपालका कैयौा स्रष्टालाई जस्तै विजय मल्ललाई पनि ‘शारदा’ ले नै साहित्यकार बनायो । नेपाल लेखक सङ्घका अध्यक्ष, साहित्य संस्थानका उपाध्यक्ष गौरी शङ्कर नाट्य समूदायका सदस्य सचिव विजय मल्ल २०२७ को साझा पुरस्कार, २०४९ को गंकी बसुन्धरा पुरस्कार, २०५३ को भूपालमानसिंह प्रज्ञा पुरस्कार, २०५५ को वेदनिधि पुरस्कार र २०४० मा गो.द.वा. बाट सम्मानित हुनुभयो ।
तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा उपकुलपतिसम्म हुनुभएका विजय मल्लले प्राज्ञ भएर दुई दशकभन्दा बढी समय प्रज्ञा प्रतिष्ठानमै बिताउनुभयो । जीवनमा उत्कृष्ट रचना र कृतिका माध्यमबाट ‘विजय मल्ल’ भनेर चिनाउन सफल स्रष्टा विजय मल्ल सााच्चै उत्कृष्ट साहित्यकार हो । यति ठूला साहित्यकारलाई पनि नेपाली साहित्य जगतले किन सम्झिनसकेको छैन ?
