आज भोलि मलाई
खै कुन्नि
कस्तो कस्तो भैरा’छ
संबिधान नलेख्ने पाजीहरूलाई
थचक्कै बस्ने गरी
दिउ जस्तो लाइरा’छ
सहमति तोड्ने आचीहरूलाई
ढलमै खस्ने गरी
दिउ जस्तो लाइरा’छ ।
अरु भन्दा यहाँ
मान्छे सस्तो भइरा’छ
छाडा संस्कृति
साँढे प्रवृत्तिले
हाम्रो समाज
खै कता गैरा’छ
आज भोलि मलाई
खै कुन्नि
कस्तो कस्तो भैरा’छ
साँढेहरूलाई
दुई चार दनक
देउ जस्तो भइरा’छ ।
गणतन्त्रमा
नयाँ राजा बन्ने काजीहरूलाई
दाम राखी ढोकु जस्तो लाइरा’छ
यस्तो गर्छौ उस्तो गर्छौ भनी
जनता ठ्ग्ने नाजीहरूलाई
गाममा लगी ठोकु जस्तो आइरा’छ
आज भोलि मलाई
खै कुन्नि
कस्तो कस्तो भैरा’छ
काजीहरूलाई दुई चार लात्ता
दिउ जस्तो भइरा’छ ।
यिनकै लागि
जनताले रगतको कुलो बगाए
यिनकै लागि
जनताले भोको पेट्मा चुलो लगाए
आज जनताले खानु ठक्कर खाइरा’छ
हिजो जस्तै आज पनि
सानो कामलाई सिंहदरबारमा
गोल चक्कर लाइरा’छ
यस्तो देख्दा मलाई
खै कुन्नि
कस्तो कस्तो भैरा’छ
जनताको चयन सब गइरा’छ ।
शाहीद सपना मिच्दै
जनताको भावना किच्दै
नयाँ हिट्लर आइरा’छ
उधोमीको दोलो सेक्दै
किसानको ढाट टेक्दै
राहतको गीत गाइरा’छ
आज भोलि मलाई
खै कुन्नि
कस्तो कस्तो भैरा’छ
जनतासँगै यो मन पनि
आँशुले नयन धोइरा’छ ।

प्रेम ओली ज्यूको आज भोलि निक्कै दमदार
वाह !!!
सदाझैं, आशा गरे जस्तै:
वाह !!!
धन्यवाद !
प्रेम ओली ज्यूको आज भोलि
सधैँ झैँ प्रेम ओलीजीका सटिक शब्दहरू !
सुन्दर कृति
सुन्दर कृति
आज भोलि
सम्पूर्ण नेपाली हरुको प्रतिनिधि मुलक कविता राम्रो लाग्यो .