सेतो कपडामा दाग लागे मेट्न गारो हुन्छ
मूर्ख मित्रभन्दा विद्वान् शत्रु भेट्न सारो हुन्छ ।
मित्रता जोड्न सोच्नुपर्छ, जोडे छाड्नुहुन्न
निश्चय नराखी लक्ष्यमा पुग्न आँखामा छारो हुन्छ ।
पछुतो नहुने काम गरी मन जित्ने गरे
प्रत्येक पल उसका लागि दूधको धारो हुन्छ ।
आपत्मा कर्तव्य छाडी अधैर्य अङ्गाल्दा
रक्तकुण्डमा गाडी हिँड्ने राक्षसी दारो हुन्छ ।
प्रेम सबलाई विश्वास केहीलाई गरी हिँडेमा
धन नभए विद्या नै ठूलो चारो हुन्छ ।
नन्दलाल आचार्य
श्रीलिटिल फ्लावर मा.वि., राजविराज–९, सप्तरी
