Skip to content

जन्मेपछि मर्नैपर्छ

  • by


जन्मेपछि मर्नैपर्छ यो त यहाँ रीत हो
आशक्ति यो तिमीप्रति मेरो मायाप्रीत हो

मधुर ध्वनि गुञ्जिरन्छ मनैभैरि आज
गुञ्जिएका ध्वनिहरू तिम्रो मीठो गीत हो

जब जल्छु छट्पटिन्छु, तिम्रो बोली सुन्छु
छिनमै शितल पार्ने यो मन् तिम्रो बोली शीत हो

प्रेम युद्ध तिमीसँग चर्काचर्की पर्‍यो
हारेँ मैले तर पनि लाग्थ्यो मेरो जीत हो

हजारौँको भीडमाझ आफ्नो मान्छे खोज्थेँ
भेट्दा तिमी लाग्यो यस्तो तिमी मन्को मीत हो

राजेश रुम्बा लामा ‘अतृप्त’

Leave a Reply

Your email address will not be published. Required fields are marked *