नचाहेको कालो रात, फर्कनु आयो आज
कहिले न सुनेको कुरा, सन्नु पर्यो आज
मुटुभरि ब्याथा दियौ, आँखाभरि पानी
कहिले न खाएको चोट, सहनु पर्यो आज
किन गर्यौ दैव तिमीले, मसँग धोका
सँग-सँगै बाँच्ने इच्छा, छोड्नु पर्यो आज
मेरो संसार तिमीलाई, उपहार रह्यो प्यारी
अर्को जन्म लिनलाई संसार, छोड्नु पर्यो आज
रविन्द्र कुमार मण्डल
