Skip to content

तीन टुक्राहरू

  • by


(१)

जनताको छाप्रोमा
एक सिता चामलको खोज छ
नेताको झुप्रो (?) मा
रोजाना भोज छ,
सहमतिको बैठक !
रिसोर्ट र तारेहरूमा मोज छ
के देख्नुपर्छ अहिले
सत्ता र वार्ताको गाइजात्रा रोज छ ।

(२)

छक्याउने बहाना !
बुँदै बुँदाको जालो छ
टेबुलमा बस्नुमात्रै
मन सवैको कालो छ,
मौका छैन अरुलाई
सँधै यिनैको पालो छ
आफू हुन नपाए हजूर
विकल्पमा आफनै सालो छ ।

(३)

त्यो दुनियाँमा आज
चुनाव एउटा रँग भा’छ
एउटा सन्की हिँड्छ
एकैक्षणमा सबै भंग भा’छ,
सवै गएपनि ऊ त बाँकी
यसै दँग भा’छ
“काम पाइनस् बुढी
पोख्दै उठाउदै”
“काम पाइनस् बुढी
पोख्दै उठाउदै”
फेरि चुनाव !
साँच्चिकै त्यहाँ गाइजात्रे “रंग” भा’छ ।

दीपेन्द्र “अपजसी”
बागलुङ, हाल ओस्टण्डे, बेल्जियम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *