Skip to content

अब बाँच्ने रहर छैन

  • by


अब बाँच्ने रहर छैन
पिउँ भने जहर छैन

संसार सारा तिम्रै रैछ
मेरो कुनै शहर छैन

यति चोट पाइसकें
ठूलो अब कहर छैन

दुवालीले छेक्यो जीवन
बग्ने कुनै नहर छैन

दु:ख पीडा लेखुँ भन्छु
मिठो कुनै वहर छैन ।

राजेश रुम्बा लामा ‘अतृप्त’

Leave a Reply

Your email address will not be published. Required fields are marked *