जीवन भयो अँधेरी रात
सधैँभरि पीडा र आघात
रात बिराना दिन उराठ मुश्किल भयो काट्न
छाती भयो चिरा चिरा हृदय लाग्यो फाट्न
फूल फुल्यो हरियाली छायो विरहीलाई डस्न
मन पग्ली परेलीबाट बलेनीझै खस्न
म दुखी ससारै सुखी दुख साट्न नहुने
वनको न्याउलीसरी एक्लै कति रुने
