आकाश रोइरहेछ निरन्तर
बरबर आँशुका ढिक्का झारेर
कहिले चित्कार निकाल्दै
कहिले सुक्सुकाउँदै
निचोरिइरहेछ जगतको वेदना देखेर ।
तर बैगुनी दुनियाँ देखिसहँदैन आकाशलाई
धारे हात लाएर सरापिरहन्छ
हिलो मैलो बाढी पहिरो मात्र देख्छ दुनियाँ
देख्न सक्दैन आकाशको पीडा ।
