१
डालीबाट सुक्या पात झैँ झर्न मन लाग्छ
कुवाएर यत्र तत्र देहा छर्न मन लाग्छ
अर्थहिन जीवन निभ्छ मेरो माटो हाँस्छ भने
साँच्चै आजकल अहिल्यै मर्न मन लाग्छ
२
नदीसँग मिसेपछि खोली मर्दो रै’छ
आफ्नो पहुँच नहुँदा बोली मर्दो रै’छ
अस्तित्व त सबैको छ स्वीकार गर्ने गर
हिजो जन्मी आखिर् सबै भोलि मर्दो रै’छ
राजेश रुम्बा लामा ” अतृप्त”
