हामी दुईको बाँच्ने आफ्नै पारा थियो
माया प्रेमको साक्षी संसार सारा थियो
घर मेरो आकाशमा त्यहीँ बस्थेँ म त
त्यहीँ मेरो आफ्नै प्यारो तारा थियो
लाग्थ्यो जब तिर्खा मेरो नजिकैमा
प्यास मेट्ने सानु एउटा धारा थियो
मुना-मदन हामी हाम्रो माया उस्तै
माया गर्छु भन्ने हाम्रो नारा थियो ।
राजेश रुम्बा लामा ‘अतृप्त’
