Skip to content
AmritBaskune


हेर तिमी र तिम्रा लागि भनेर मैले जिन्दगीका एक दशकका शिशिर र बसन्तहरू तिम्रै साथमा बिताए । तिमीलाई स्याहार गरेँ, तिम्रा प्रत्येक पलमा साथ दिएँ, तिमीलाई सँधै मायाँ गरे, कहिल्यै तिम्रो साथ छोडिन । अहिले समय बदलिएछ । किनकि म तिमीसँग छैन म तिमीभन्दा टाढा पुगेको छु ।

मानिस परिस्थितिको दास नै हो त्यसैले त्यही परिस्थितिको कारणले गर्दा म अहिले तिमीभन्दा टाढा पुगेको छु । मेरो रहर होइन बाध्यताले गर्दा तर दुःख लागेको छ । तिमी सँगै अहिलेसम्म नहुँदा । किनकि तिमी पश्चिममा छौ म पूर्वमा छु । आजसम्म हेरे तिमी सँग भेट हुन नपाएको पनि दुई महिना बितिसकेछ । तर तिम्रा आफन्त र अभिभावक कसैले पनि मेरो आवश्यकता ठानेनन वा किन यादसम्म पनि गर्न चाहेका छैनन ।

म तिमीसँग टाढा हुन चाहेको हैन । तर केही समय म तिमीसँग बस्न नसक्ने भएकाले हिडेको थिएँ । तर आजसम्म न त तिमीले सम्झने प्रयास गरेका छौ न त तिम्रा अभिभावकले नै । किन यसरी सँगैसँगै सहकार्य गर्दै यतिका वर्ष बिताएको मलाई सम्झन नचाहेको हो मैले बुझ्न सकिन । किन यस्तो भयो अब तिमी नै भन न !

अमृत बास्कुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *