पाएर तिमीलाई म रमाएको थिएँ
झिकेर यो मुटु सिंगै थमाएको थिएँ
हेर्दा हेर्दै छल्किएर झरी गयो खुशी
बर्षौँदेखि आँखाभरि जमाएको थिएँ
अरबमा जिन्दगी नै राखी बन्दकीमा
तिम्रोलागि धेरै मायाँ कमाएको थिएँ
भुली गयौ सबै कुरा पर्दा हिजोसम्म
सहारा दिएर हात समाएको थिएँ
