मेरो घरको बाटो हुँदै बेहुली बनी जाँदा
फर्की समेत हेरेनौँ तिम्ले मै रोँइ रहँदा
हेरिरहेँ देखेसम्म मनमा आशा बोकी
तिमीले डाँडा काटेपछि गयो आशा पोखी
चिन्न मैले सकेन छु सँगै हुँदा छँदा
चिने बल्ल पराईसँग डाँडा काटी जाँदा
मनमा रहर फुलाएर कल्पनामा हराई रहन्थेँ
मेरै कारण हाम्रो नाता टुट्ला भनी डराई रहन्थेँ
धोका नदेउ आफै भन्थ्यो बाचा कसम खाँदा
सपना झैँ लागि रह्यो बेहुली बनी जाँदा
मेरो घरको बाटो हुँदै बेहुली बनी जाँदा
फर्कि समेत हेरेनौँ तिम्ले मै रोँइ रहँदा
राजेश रुम्बा लामा ‘अतृप्त’
