किन किन आज तिम्रो याद आयो ए परदेशी
आँखाभरि तिम्रो सुन्दर् बिम्ब छायो ए परदेशी
आँखाबाट बग्दै आयो तिम्रो याद शीत बनी
टप्प टिपी यो मुटुले प्रीत लायो ए परदेशी
उदास यी नयनहरू देखिपछि रनवन
कोईलीले विरहको गीत गायो ए परदेशी
कल्पनामा केही बेर बगिगएँ अतीतसँगै
बग्दै जाँदा यो मनले तिमी पायो ए परदेशी
परिस्थिति सबै बुझि बाँधिन्छु म तर यो मन
नमानेर नटेरेर उतै धायो ए परदेशी

याद् आयो कसो गरि बिर्सें
याद् आयो कसो गरि बिर्सें भन्थेउ तिम्ले मलाई
सजायेर अर्कै लाई किन सम्झ्येउ तिम्ले मलाई
भन्थ्येउ तिम्ले मनै बाट निकालेर मिल्काइदिये
आज फेरी ठ्ट्टा गर्दै फसाउदै छेउ तिम्ले मलाई
नसालु ती नयन हरूले देखे पछि रनबन
कोइली जस्तै बास्दै गयौ भुलिगयौ तिम्ले मलाई
कल्पनामा सयौ पल्ट बगिरहे अतित संघ
सघै बग्दा चिप्ल्याएर बीचमा फालेउ तिम्ले मलाई
परिस्थिति सबै बुझि बाँधिन्छु यो मन अब
झुटो बैभव प्यारो ठानी छोडिगएउ तिम्ले मलाई
वाउ! सुन्दर।
वाउ! सुन्दर।
थेन्क्यू हजुर को गजल पढे पछि
थेन्क्यू, हजुर को गजल पढे पछि मलाई नी गजल लख्ने मूड आयो।