प्रिय सुनगाभा
तिमीलाई कतै सुनेको थिएँ
तिमीले बताससँग पठाएको संदेशहरू
सुबासले प्रपन्च मिलाएर
मेरो हृदयमा बसाँई सरेको थियो ।
तिमीलाई याद नहोला
मेरो बाटो काटेर कति पटक
तिमीले आफैसँग छल गरेकी थियौ ।
आज, हिजो अनि अस्ति
मैले खुबसँग खोजेँ
तिम्रो जादुगरी मुस्कान
जहाँ,
जप, ध्यान र तपस्याको
दियालोले तिम्रो छाती सिंगार्दै थियो ।
हुन सक्छ
तिमीले कतै मलाई भेटेकी थियौ
हुन सक्छ
हामीले कतै कुरेका थियौं ।
प्रिय सुनगाभा
तिमीलाई पहिल्यै कतै सुनेको थिएँ
तिमीलाई कतै चुमेको थिएँ ।
तिमीले बताससँग पठाएको संदेशहरूले
हेर अझै बाँचेको छु ।
तिमीले पठाएको सुबासहरूले
हेर आर्तनाद पुरिएको छ ।
हामीलाई याद नहोला प्रिय ।
तर,
हामीले कयौं पटक
एक अर्काको बाटो काटेका थियौं ।
हुन सक्छ काठे पुल मुनी
हुन सक्छ संग्राहालयको बरिपरी
हिजो, आज अनि अस्ति
मैले खुबसँग खोजेँ
तिम्रो पाईतालाहरू
तिम्रो स्वरहरू,
तिम्रो साँहास र पैरबीहरू
तिमी कतै लुकेकी थियौ ?
या कतै मलाई कुरेकी थियौ ?
तिमी त प्रद्मोत थियौ
आफ्नै प्रधान श्रृंगारबाट
मैले आफुलाई प्रत्यासी प्रेमी मान्न पुगेछु
त्यसैले मेरो छेउछाउको प्रदोषमा
तिम्रो प्रेमील लाली खोज्न पुगेछु
आउ,
मेरो प्रश्वासमा
तिमीले मान्ने ब्यथाहरू
आज निर्मुल भईसकेका छन् ।
मेरो स्पर्श बिर्सन नखोज
तिम्रो ओठमा खोल्ने बयेली
मेरो चुस्त हातहरूको
कम्पनले सिर्जना गर्थे ।
आउ तिमीलाई स्वागत छ ।
तिम्रो उपस्थितिले
प्रतिक्षाको मुस्कान बदलिने छ ।
©Ruman A’mant
http://www.facebook.com/rumanneupane
