जानु थियो टाढा फेरि नजिक् आयौ किन?
मार्नु थियो माया फेरि आफै लायौ किन?
उड्नु रैछ पवन बनी बादल माथि माथि
आँखाभरि स्वप्न बनि व्यर्थै छायौ किन
तोड्नु रैछ वाचाहरू जानु रैछ टाढा
आगो छोई मेरो सामू कसम् खायौ किन?
बाटो अनेक थियो होला तिमी हिड्नलाई
बिराएछु बाटो भन्दै यतै धायौ किन?
विछोडको वेदनामा पिल्सिनुथ्यो आखिर
मिलनका सुमधुर गीत गायौ किन?
राजेश रुम्बा लामा ‘अतृप्त’
