मेरो निम्ति न झर्छ न मर्छ ऊ
नदीसँगै न बग्छ न तर्छ ऊ
एउटा मुटु त्यो पनि ढुङ्गा भो
प्रेम मन्मा न राख्छ न छर्छ ऊ
जडवत वस्तु जस्तै स्थिर हुन्छ
यताउति न चल्छ न सर्छ ऊ
मानवीय गुणहरू हराएछ
सुख दु:ख न बाँड्छ न हर्छ ऊ
ढलिसक्यो जीवन् अझै रित्तो छ
पुर्ण जीवन् न खोल्छ न भर्छ ऊ
बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं
