Skip to content


थिएन् कुनै लाजले गुम्सिएका पोकाहरू
नत थिए अधरमा भरिएका माँयालुका डोकाहरू
थियो केवल औंशीको रातले सताएका
रगतको मातै मातमा डामै डाम र सुम्लाका फोकाहरू
छुपेन आँखाको परेलीहरूमा
युगौ युग देखि तडपिएर बल्झिएका
अन्धो मान्छेहरूको कथा !

जहाँ साँच्चै नै बनेका छन् आखँा भएर पनि अन्धा हुनेहरू
सुन्ने कान भएर पनि बहिरा बन्नेहरू
न त राम्ररी देख्छन् नत राम्ररी सुन्छन् नै
हिड्न त हिड्छन अनिश्चित यात्राको मोड्मा अनि ठेस खान्छन्
गल्ली- गल्लीमा पागल भएर भुसिया कुकुरहरू झै हिड्ने
ती-अन्धा मान्छेहरू !

यहँा…
लड्नेहरू त लडिरहे कै छन् कस्ले-कस्लाई उठाएको छ र ?
देख्नेहरू पनि नदेखे झै तरकिएर लम्पसार भई
आफ्नै बाटो लागिरहेछन्
जन्मनु अघिनै तुहिएर दूधका लाम्टो चुस्ने
ती-अन्धा मान्छेहरू !

कस्तो…
आश्चार्यको संसार यो हात भएर पनि अपाङ्ग हुनेहरू
नत हिड्छन् साथ दिएर खाली गर्छन् घातहरू
ती मात्तिएर- पात्तिएका जातहरू
कुनै होस छैन् नत जोस नै बिग्रिएर ठडिएका स्वार्थी पोलहरू
होस हराएर बेहोसीमा रीत्तिएका अस्तित्वहिन गन्धे खोलहरू

बरू…
हिडेका छन् बहुला कुकुर झै दोबाटोहरू र गल्लीहरूमा
नाङ्गिएर पहिरिएका छन् विकृति र विसंगतिका भेषहरू
यस्तै जिउनु थियो भने किन जन्मनु ?
धिक्कार ती अर्थहिन दविएर बाँचेका धरती कै बोझ बनिएका
ती-अन्धो माँन्छेहरू !

ए…
विस्वास घाती मान्छेहरू हो किन मेटाउछौ घामका पाईलाहरू
किन रूवाएर सताउछौ भोको पेटमा डुबेका ताराहरू
ती पनि त माँन्छेहरू नै त हुन् नी
तीन्का मनमा पनि त फूल झै फक्रेका जुनका रोशनीहरू छन्
तीन्का पनि त जीउने आधार र पूर्खे अस्तित्वहरू छन्

भन….
म कुन तौलमा जोखौ तिम्रा मन र मुटुलाई मोती की सुनमा
अथवा न्यायको सांग्लो कि ईन्साफको कोठरी नुनमा
खुट्टाको सहारा भएर पनि लङ्गडा हुने
हातको सहारा पाएर पनि अपाङ्ग बन्ने
आखँा देखी देखी पनि अन्धोको जिन्दगी गुजार्ने
ए-अन्धो मान्छेहरू हो कति दिन हिड्छौ ?
यस्तै 
लाज पचाएको भेषमा र जिउँदै बोझ बनेर हिड्छौ
वीर शहीद र महात्मा वुद्धले अमृतको वीउ छरेके देशमा !

3 thoughts on “अन्धो मान्छे !”

  1. hi
    हुन त मइले कसैकेा भावनालाइ अपमान गर्न खेाजेकि हैन तर विभिन्न शव्द हरु यस्तेा पर्येाग गर्नुभएकेा छ जुन शव्दहरुले अपाङ्गता भएका व्यक्तिहरुका भावनामा पर्तक्ष रुपमा चेाट पुग्न गएकेा छ र अर्केा कुरा कुनै खराव कुराकेा तुलना गर्न अपाङ्ग शव्दकेा पर्येाग गर्न पनि जरुरी छैन ।

  2. सुधार गर्नु हेाला
    हुन त मइले कसैकेा भावनालाइ अपमान गर्न खेाजेकि हैन तर विभिन्न शव्द हरु यस्तेा पर्येाग गर्नुभएकेा छ जुन शव्दहरुले अपाङ्गता भएका व्यक्तिहरुका भावनामा पर्तक्ष रुपमा चेाट पुग्न गएकेा छ र अर्केा कुरा कुनै खराव कुराकेा तुलना गर्न अपाङ्ग शव्दकेा पर्येाग गर्न पनि जरुरी छैन ।

  3. हृदय देखि नै धन्यवाद !!
    हजुरको कमेन्टलाई म हृदय देखि नै स्वीकार छु अनि हृदय  देखि नै धन्यवाद पनि भन्न चाहान्छु । 
    मेरो कतिपय शब्दहरूले अंजानमा वास्तविक घटना माथी कसैलाई चोट पुर्याउन गएकोमा क्षमा माग्न चाहान्छु । 

    तर संक्षिप्त रूपमा यी शब्दहरू मैले जती प्रयोग गरे ती शब्दका प्रहारहरू ( यहा प्रस्टयाउन चाहान्छु ) वास्तविक रूपमा अपांग ब्यक्तित्वका निम्ति नभएर समाज र राष्ट्रलाई आघात पुर्याउने सपांग- सामन्ती, शोषकवादलाई आत्म ग्रहण गर्ने नालायक ब्यक्तिहरूका निम्ति…..! 

    Note: १, तर यहाँ त साँच्चै नै बनेका छन् 
    आँखा भएर पनि अन्धा हुनेहरू
    सुन्ने कान भएर पनि बहिरा बन्नेहरू !! 

    २, कस्तो आश्चर्यको संसार यो 
    हात भएर पनि अपांग हुनेहरू
    नत हिड्छन् साथ दिएर 
    खाली गर्छन् घातहरू ।

    :- एकपटक म अनुरोध गर्न चाहान्छु , यस हरफहरूलाई वाहिरी रूपमा नभएर गहिरीएर भित्री रूपमा अध्यायन गर्नु भयो भने अवस्य बुझ्नुहुनेछ भनि म विश्वास दिलाउन चाहान्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *