Skip to content


खै ? देखाऊ आजको बास्तबिकता
खै ? नलुकाऊ दायित्वको आवश्यकता

बिकासको निम्ति सधै सभा हुदा
खै ? ६०१ सभासदको सहभागिता

मूल कानुन संबिधान नै नबनेको अवस्थामा
खै ? जनतालाई यसको जवाफदेहिता

अर्थमन्त्रीले बाड्ने बजेट कसलाई
खै ? लोकतन्त्रमा यसको पारदर्शिता

जिल्ला जिल्लाबाट प्रतिनिधि नपठाएको होइन
खै ? जनतामाथि यिनको दुर्दर्सिता

आश थियो सबैलाई मुख्य दलका नेतामा
खै ? रहेन्छ त देश हाक्ने छेमता

भुपेन्द्र (बिपिन)बि.सी.
– कोहलपुर बिकशनगर बाँके

Leave a Reply

Your email address will not be published. Required fields are marked *