Skip to content
BhupendraBipinKC


रमाएर गइन उनी रमाएर गइन
माया गर्छु भन्दै गाला समाएर गइन

म पनि त क कम हजुर माया गर्छु भन्दिए
मेरो यो कुरा सुनी लजाएर गइन

असाध्यै मन पर्ने बाँसुरीको धुन त्यो
मलाई खुसी पर्न होला बजाएर गइन

सानो यौटा बहाना हजुर नजिक आई बसिन
निर्मल, निश्चल पिरतीमा फसाएर गइन

आँखाभरि गाजल उनको निधारभरि टिकी
खाली रैछ दिलको कुना सजाएर गइन

भुपेन्द्र (बिपिन)बि.सी. – कोहलपुर बिकश्नगर बाँके

Leave a Reply

Your email address will not be published. Required fields are marked *