Skip to content
JituKhadka-04


संघीयता आफ्नै खोज्यो फट्याङ्राले पनि
गुलेलीकै राज्य रोज्यो मट्याङ्राले पनि ।।१।।

पस्किएको भात सम्झी राज्य बाँढ्ने दाता
लाटो राज्य खोज्दै छ रे लट्याङ्राले पनि ।।२।।

खसी पार्या’ बोकाले नै इज्जत लुटेपछि
आरक्षणको माग गरे पठ्याङ्राले पनी ।।३।।

आन्दोलनमा लागे धामी डाक्टर फाल्ने भन्दै
सहमति गरिसके ढोल ढ्याङ्राले पनि ।।४।।

गँजेडीको राज्य खोइ कता पर्‍यो भन्दै
लुगलुग काम्दै बोल्न थाल्यो गज्याङ्राले पनि ।।५।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *