तिम्रो मुहारमा आभा चल्दैछ
वैंशालु मात लाग्ने हावा चल्दैछ
सोह्र सत्रको अनुमान गरें
जीउभरि तातो लाभा चल्दैछ
हाम्रो उमेर् अनि स्वाभाव उस्तै
तिमीमाथि मेरो दावा चल्दैछ
तिमी मेरै हुनुपर्छ परे युद्ध गर्छु
अदृश्य नै सही धावा चल्दैछ 🙂
राजेश रुम्बा लामा ‘अतृप्त’
