सत्य कर्म गर्न पाए सार्थक हुन्थ्यो म जन्मेको !
श्रेष्ठ बनी मर्न पाए सार्थक हुन्थ्यो म जन्मेको !
चेतनाको आँखा खोली अँध्यारो यो संसारमा
शिक्षा ज्योति छर्न पाए सार्थक हुन्थ्यो म जन्मेको !
लौरो बनी बाआमाको बुढेसकालको सहारा भै
दुख कष्ट हर्न पाए सार्थक हुन्थ्यो म जन्मेको !
भोकै सुत्ने बस्तीतिर खाली पेटको चारो हुँदै
अंजुलीमा झर्न पाए सार्थक हुन्थ्यो म जन्मेको !
देखाएर सही बाटो प्रेरणाको विजन बनी
सब्को मन्मा सर्न पाए सार्थक हुन्थ्यो म जन्मेको !
सजना गुरुङ “ प्रयत्न “
कुश्मा, पर्वत
हाल – इजरायल

“प्रयत्न “
सजना बैनी को प्रयत्न “प्रयत्न ” भन्दा धेरै नै माथि छ र अझ यसलाई बढी निरन्तरता दिनुहुने छ र नया नया रचनाहरु पढ्न पाइने आशा राख्दै धन्यबाद अनि सफलता को कामना ल |