Skip to content


पुस्तकः दिशाहीन यात्रा
लेखकः सूर्य सुवेदी
प्रकाशकः साबला प्रकाशनका लागि सुरेन्द्रकुमार कार्की
मूल्यः रु.२७५,
पृष्ठः १६६+९

धनकुटाको एउटा गाउँबाट क्याम्पस पढ्न आएको शिक्षकको छोरोलाई प्रमुख पात्र बनाएर सूर्य सुवेदीले लेखेको उपन्यास दिशाहीन यात्रा ले २०४६ पछिको परिवर्तन, त्यसबेलाका राजनीतिक दलहरूको अराजकता, कुशासन, माओवादीको हिंसा र त्यसबाट पीडित नेपालीहरूका कथाबारे सविस्तार वर्णन गरेको छ। यद्यपि, उपन्यास भनिए पनि औपन्यासिक लालित्यको हिसाबले कमजोर र नेकपा माओवादीको हिंसात्मक ‘जनयुद्ध’ को सतही विश्लेषण जस्तो मात्र लाग्छ। पात्रहरूको प्रेम र अभिसारको वर्णनमा लेखक असफल छन्। उपन्यासमा नेपाली कांग्रेस र नेकपा एमालेले सुशासन दिन नसकेको टिप्पणी पट्यारलाग्दो गरी दोहोरिएको छ। यति हुँदाहुँदै पनि २०४६–६३ को नेपालको राजनीतिक–सामाजिक अवस्थाको वर्णनका साथै माओवादी हिंसाबाट सिर्जित पीडाका कथा साहसपूर्वक भन्न सक्नु लेखकको विशेषता मान्नुपर्छ। माओवादीले देशमा मच्चाएको हिंसा दिशाहीन यात्रा मात्रै थियो भन्ने कुरा पनि उपन्यासले पुष्टि गरेको छ।

सञ्जीव शर्मा

हिमाल खबरपत्रिका
१-१५ मंसिर २०६९
17-30 November 2012

Leave a Reply

Your email address will not be published. Required fields are marked *