Skip to content

बलियो त्यो मुटु पारी

  • by


बलियो त्यो मुटु पारी खोली तर कान्छा
ठानिसकें म पिपल तिमी वर कान्छा

मिल्छ हाम्रो जोडी साँच्चै आऊ सँगै बाँचौ
म चैं हुन्छु नजिक तिमी किन पर कान्छा ?

दु:ख सुख जे जे पर्ला यौटा घर बनाऔं
उदाङ्गो त्यो घर छाउने तिमी खर कान्छा

भुल्नु हुन्न प्रकृतिको अनुपम देन
सृष्टिको सुन्दर म नारी तिमी नर कान्छा

बराबरी हाम्रो माया हुनुपर्छ सुन
जस्तो माया मैले गरें उस्तै गर कान्छा

बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *