Skip to content

हामीलाई देखेर ऊ

  • by


हामीलाई देखेर ऊ मुस्कुराइरहेछ
आफ्नै भाग्य लेखेर ऊ मुस्कुराइरहेछ

सहनशील, धैर्यवान, परिपक्कता छ
सारा दु:ख छेकेर ऊ मुस्कुराइरहेछ

प्रज्वलित मुहार अनि अदम्य साहस् देख्छु
संसारलाई टेकेर ऊ मुस्कुराइरहेछ

हरेक वर्षात, हिमपात खप्नलाई
सहनाग्नी सेकेर ऊ मुस्कुराइरहेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *