Skip to content

वसन्तमा प्रकृतिको मात

  • by
KomalPrasadBhatta-04


वसन्तमा प्रकृतिको मात रैछ माया
लट्ठ्याउने मीठामीठा बात रैछ माया

सिरीसिरी हावाचल्दा गृष्मऋतु राम्रो
छहारीमा हल्लिएको पात रैछ माया

बर्षातमा उर्लिएर खोला नाला बढ्दा
मायालुले समाएको हात रैछ माया

शरदमा ढकमक्क फूलै-फूलको ताँती
टहटह जुनेलीको रात रैछ माया

हेमन्तको उजाडले खिन्न हुँदा मन
सन्तोष र आनन्दको खात रैछ माया

शिशिरको सिरेटोले काम्नथाल्दा मुटु
युगौँ युग नछुट्टिने साथ रैछ माया

कोमल भट्ट,
पुरानो नैकाप, काठमाडौँ
हाल :- रोचेस्टर, न्युयोर्क
20 November, 2012

Leave a Reply

Your email address will not be published. Required fields are marked *