Skip to content
IndraGelal


हेर्दा हेर्दै आँखाबाट हराएर गयौ
किन होला मसँग डराएर गयौ !

हेर्दै थिएँ लुक्दै थियौ मेरा नजरभरि
सम्झानाकै तालमा आँशु भराएर गयौ

शुन्य थियो तिम्रो साथ इशारामा नाच्दै थियो
किन मेरो नाम एक्कासि कराएर गयौ

थिएन दाग कहीँ कतै मेरो कुनै अस्तित्वमा
बिना अर्थ मलाई बदनाम गराएर गयौ !

लजाए नि डराए नि जे गरे नि म खुशी छु
बिश्वास छ मलाई मन पराएर गयौ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *