Skip to content


तिमी सधै साथै हुन्थ्यौ र पो साथ मिठो हुन्थ्यो
तिम्रो हातले खुवाउथ्यौ र पो भात मिठो हुन्थ्यो

दुवै मिली जुनेलीमा लुकामारी खेल्दै गर्दा
कल्पनाका कुरा गर्थ्यौ र पो रात मिठो हुन्थ्यो

जवानी र जोबनको मिलनको परिभाषा
मदिरामा तिमी झुल्थौ र पो मात मिठो हुन्थ्यो

समयको खेल हो कि माया प्रेमको भेल हो त्यो
चोटमा आनन्दको आभाष र पो लात मिठो हुन्थ्यो

छाडी गयौ अर्कै भयौ म त अझै यस्तै नै छु
शब्दै पिच्छे मुस्काउथ्यौ र पो बात मिठो हुन्थ्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *