दु:खै दु:ख मान्दामान्दै गयो जिन्दगानी
घिच्याएर तान्दातान्दै गयो जिन्दगानी
दिल खोली खुसी बाँड्न सकिएन कहिल्यै
सधैँ मुठी बान्दाबान्दै गयो जिन्दगानी
हेरी ल्याउँदा कोही छैन पराई झैँ लाग्ने
सबै आफ्नू ठान्दाठान्दै गयो जिन्दगानी
धेरै जना “मुखमा राम राम बगलीमा छुरा”
सही मान्छे छान्दाछान्दै गयो जिन्दगानी
समाधान गर्न गाह्रो समस्याको जालो
जबरदस्ती धान्दाधान्दै गयो जिन्दगानी
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:न्युयोर्क,अमेरिका
23 November,2012

प्रिय https://www.majheri.com
यो
प्रिय https://www.majheri.com
यो सद्भावना र स्नेहकोलागि हार्दिक आभार सहित धन्यवाद ब्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु l