Skip to content


पहाडै पहाडको चट्टान छ
सगरमाथाको उच्च शिर छ
ऊ कहिले झुक्न जान्दैन ।
जहाँ,
हिऊका कणहरूले भरिपूर्ण छ
अन्नपूर्णको काखमा
फेवा सल्बलाई रहेको छ
गौरीश‌‌‌ंकरको काखमा
छो-रोल्पा मुस्कुराई रहेको छ
कर्णाली गड्गडाई रहेको छ
निर्झर निर्झर झरी रहेका छन्
भिरपाखाबाट झरनाहरू ।
जहाँ,
सुसाई रहेका छन्
सप्तकोशीहरू
घामका किरणहरूले
हिरा टल्किए झैँ
निरन्तर टल्की रहेका छन्
हजारौँ तिमी जस्तै तालहरू ।
र’ पनि,
मौनतामा हराईरहेको छ
म बाँचिरहेको देश ।
हिजो,
मेरै देशमा
डाँफे नाँचिरहेका हुन्थे
सगरमाथाको वरिपरी
झन्डा फर्फराउथे
सगरमाथामा चढ्नेहरूले ।
गुराँस फलिरहेका हुन्थे
वनपाखामा
पन्क्षीहरू उडी रहेका हुन्थे
खुल्ला आकाशमा
मित्रता गाँसी रहेका हुन्थे
एक आपसमा धुपी र सल्लाहरू
तर अचेल,
शुन्यतामा डुबिरहेको छ
म बाँचिरहेको देश ।
यहाँ,
के भएका छैनन्
सबथोक भएका छन्
भोका र नाङ्गाहरू
सडकमा भौतारी रहेका छन् ।
कोही मोझ मस्ती गरिरहेका छन्
वि. वि. आई. सि.घर भित्र
हत्याराको रजाँई छ
भ्रष्टचारको खानी छ
कुस्ती चलिरहेको छ
६०१ मा
जहाँ,
६०१ कुर्सीहरू
सल्बलाई रहेका छन्
दरिद्रको खोपडीमा।

धन्य छ प्रभु
यो सबथोक हेर्दै
विचित्र नाटकको पात्र बनेर
बाँचिरहेको छ
बुद्द जन्मेको धर्तीमा
मेरो देश ।
केही अघ मात्र
उस्को सुन्दरताको बयान गर्ने
मसँग शब्दै थिएन
म उस्को सौदर्यमा
सदबाहार रमाई रहेको हुन्थे
अच्चनाक,
उडेर आयो
धुवा जस्तै
कालो बादल
र’ ढाक्यो त्यो सौदर्यलाई
आज त्यही यौटै कारणले
सौदर्य विहीन छ
मुस्कान विहीन छ
मेरो देश ।
र’ पनि,
तिरस्कार सहेर
बाध्यताले बाँचिरहेको छ
म जस्तै अन्योल भित्र
मेरो देश ……………… ।

लेखक = विक्रम नेपाली[ पवन ]
बेथान ४ रामेछाप

Leave a Reply

Your email address will not be published. Required fields are marked *