खहरेको भेल जस्तै सुकेन गीत उन्को
बिर्सन नै सक्छ कस्ले गितांगे हित उन्को ।
अमर छन् अजर छन् कालजयी गीतहरू
टल्की रैछ अझै पनि आवाजको शीत उन्को ।
गीतको शिखर चढ्दा पनि थाकेनन् गोडा कैल्यै
गीतमै खोज्दा पाईने गर्छ ब्यथालु प्रीत उन्को ।
कोमल शब्द गाएर नै सबैको मन्मा बसे
भावनामा डुब्दै गाउथें त्यहि नै रीत उन्को ।
धर्तीबाट अस्ताए पनि अस्तित्व जीवित छ
“नारायण् ” नाम् पाउनु नै सुनौलो जीत उन्को ।
आचार्य प्रभा
नोभेम्बर ४, २०१२
स्व. स्वर सम्राट नारायणगोपालमा समर्पित भावनारुपी गजल
