Skip to content

फुलेपछि झर्नु


फुलेपछि झर्नु, नियम प्रकृतिको
जन्मेपछि मर्नु, नियम प्रकृतिको

उदाएर सूर्य, बिहानीमा प्रकाश
चारैतिर छर्नु, नियम प्रकृतिको

घामपानी हावा, मिलेपछि बिज
यो माटोमा सर्नु, नियम प्रकृतिको

बाँच्नलाई यहाँ, प्राणीमात्रा सब्ले
नित्य कर्म गर्नु, नियम प्रकृतिको

दिनपछि रात, रातपछि दिन जस्तै
दु:ख सुख पर्नु, नियम प्रकृतिको

बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

4 thoughts on “फुलेपछि झर्नु”

  1. कुनै दिन यस्तै गजल मैले नि
    कुनै दिन यस्तै गजल मैले नि कोरेको थिए

    उम्रेर सर्नु बिधिको बिधान
    फूलेर झर्नु बिधिको बिधान||

    बर्सिदा मेघ गर्जिदै आकास
    असिना पर्नु बिधिको बिधान||

    के रुन्छौ तिमि भिजाई नयन
    जन्मेर मर्नु बिधिको बिधान||

    मन्दिर भित्र हुदैन देवता
    आरती गर्नु बिधिको बिधान||

    अस्ताए घाम उज्यालो प्रकाश
    जुनले छर्नु बिधिको बिधान||

    जीतु खड्का गाउले
    मोरंग उर्लाबारी

    1. हजुर जितु जी धन्यवाद
      हजुर जितु जी धन्यवाद यहाँलाई प्रतिकृया स्वरुप यहाँको यति मिठो गजल वाचन गर्ने मौका पाएं ।आभारी छु। चित्त बुझेको छ भावमा ,सम्भवत मेरो आशय पनि त्यस्तै हो ।

    1. धन्यवाद हजुरलाई सुन्दर प्रतिकृयाको लागि।
      धन्यवाद हजुरलाई सुन्दर प्रतिकृयाको लागि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *