Skip to content

ए फूल तँ फूलिदे

  • by


ए फूल तँ फूलिदे ए हावा तँ चलिदे
फुल्यो फूल चल्यो हावा ए पात हल्लिदे

ऋतुहरूको रिमझिमसँगै झुल्छ लहरा
उसै गरी झुल्दै झुल्दै ए फल तँ फलिदे

वैंशसँगै रस भर्छ फूलसँगै भमरा
स्वार्थी छ है जानेर त्यो भमरा छलिदे

फुल्नु फुल्यौ चल्नु चल्यौ समय सकियो
फुल्नु झर्नु नियम हो नि तँ पनि झरिदे

Leave a Reply

Your email address will not be published. Required fields are marked *