Skip to content

मुटु धडकिने ढुंगाहरूको गाउँ


भूगोलमा नहराएको एउटा देश
र देशमा नहराएको एउटा गाउँ
जब गाउँलेहरूका मन भित्र हराउँछ
उत्तरीय क्षितिजको पर्दा
खुलेर कहिले
हिउँका चिसा चिसा फूलहरू रुन्छन्
धुरु धुरु नरोउ भन्दै
छोंगों डाँडामा

पुर्खाका आत्माहरू भतभती पोल्दै
मलाई थहा छ
त्यता कतै हराएका छन्
अँधेरी खोलाका गीतहरू
लाटो कोसेरो झोक्रिएर
भर दिनभर रात
एउटा सानो गाउँ
जहाँ घरहरू छन्
तर मान्छेहरू छैनन्
ए, कहाँ हराए
भएका घरका
नभएका जस्ता मान्छेहरू ?
ए, कहाँ हराए
नभएका जस्ता मान्छेका
भएको घरहरू ?
लेकाली हावा
आलु गाँठो कस्ले पार्ने
अनि कस्ले सुन्ने
खरबारीको अजम्बरी व्यथाहरू
उफ! तामागी
मुटु धडकिने ढुंगाहरूको
एउटा सुन्दर गाउँ
तिमी सेतो छाला ओढी आउनेहरूका लागि
मात्र एउटा प्राचीन संग्रहालय नबनिदेऊ !
तिमी आफ्नो अस्तित्व बिर्सेर कहिल्यै पनि
आफैलाई जीवित लास नगनिदेऊ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *