Skip to content


कहाँ गयो होला त्यो भीर गाउले बुढो
त्यो बारी खन्ने सबको भारी बोक्ने बुढो

पहाडमा घर छ सबै छन् भन्थ्यो
छोरा बुहारीले सहेनन् भन्थ्यो
दिएको लिन्थ्यो सघाई दिन्थ्यो
हाँसिरहन्थ्यो कहिलेकाहीं रुन्थ्यो
आजकल देखिन्न त्यो कहा नि गयो
त्यो बारी खन्ने सबको भारी बोक्ने बुढो

बीरेको तेह्र दिनमा त्यो देखाएन
टारीको रोपाइँमा नि त्यो थिएन
सानीको डोली नि अरूले बोके
आउँदा जाँदा नि कतै भेटिएन
थला पर्यो कि बरै माटोले पुर्यो
त्यो बारी खन्ने सबको भारी बोक्ने बुढो

शब्द – कालीप्रसाद रिजाल
स्वर – रामकृष्ण ढकाल
संगीत – शक्ति बल्लभ
एल्बम – मायाको याम

Leave a Reply

Your email address will not be published. Required fields are marked *