Skip to content


केटा –
बैनीको दया छ भने रोदी घरमा दाइ नाच्यो नभने

केटा –
धर्ती फोरी टुसाएको, बाँसको छोरो तामा
तन्नेरीलाई सोल्टी भन्ने, मै बुढालाई मामा
बैनीको दया छ भने रोदी घरमा दाइ नाच्यो नभने

केटी –
सीमखेतीलाई सीमको पानी, टारी खेतलाई कुलो
सुन र चाँदी भन्नु मात्रै, माया रहेछ ठुलो
बैनीको दया छ भने रोदी घरमा दाइ नाच्यो नभने

केटा –
पाकीमा हाल्यो अमचुरै दाना, भुईँ झरे कुहिने
न्याउली जस्तो म कराईरहने, भेट कहिल्यै नहुने
बैनीको दया छ भने रोदी घरमा दाइ नाच्यो नभने

शब्द – चेतन कार्की
स्वर – नारायण गोपाल, तारा देवी
संगीत – व्हि. बलसारा
चलचित्र – परिवर्तन

Leave a Reply

Your email address will not be published. Required fields are marked *