Skip to content

पागल वस्ती र माँन्छे

  • by

रंगमंचमा उभेर भाषण छाँट्नेहरूसंग
कता कता हाँसो उठेर आउछ मलाई
देश उन्नतिको शिखरमा चडाउने
जुन हराएको देशमा
घामकाे उज्यालो ल्याउने
भोका र नांगो पेटलाई फुट्ने गरी खुवाउनेे
यी हल्लै हल्लाको गफमा
बकुलाको हुल होकी अर्नाको
सिंहको पंजाबाट बाँच्नलाई जुटे जस्तो
भन्नेको कुरा सुन्नेको कानमा छुटे जस्तो
देख्छु संसार एक
तर बन्छ नौटंकी बोलीको कुरा अनेक
बुझ्नेले बुझे पनि नबुझ्नेले नबुझे पनि
हाँड़ीमा मकैं पटट-पटट पड्के झै
पड्केकै छ ताली
देख्दैन बुझ्दैन कसैले
देश बेचेर दिनका दिन हुदैछ खाली
माँन्छे हो की पशु
बाहिर फूलको विउ छर्ने
भित्र भित्रै छुराको घिउ दल्ने
बन्दै छ पागल वस्ती
बन्दैछ ब्यपारको मस्ती
भित्रीन्दै छ हुलका हुल माँन्छेहरू
सम्झन्छु
कहिले काँही त
रंगशालामा भकुण्डो रन्क्याए झै रन्क्याउ
अच्चानुमा राखी टाउको एकातिर
शरीर अर्को तीर गरी थन्क्याउ
यस्तै छ मेरो देशको चाला
विस्की र मासुले मोटाएकै छ साँडेको छाला
घामलाई मुट्ठीमा राखी जूनलाई निल्ने
एे चमारेहरू हो
घिउ धसेर श्रींगारको तीर चलाउदै
पाटीपौवाको जीणोदूवार भत्काउदै
पागलको वस्ती
पागलको शहर
पागलको देश बनाउने
कति लुटदै खोक्रो बनाउछौ यो देशको अंग प्रत्यंगलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *