आफ्नो औकात जनाइहाल्यौ सबले चिने तिम्लाई
संसारभरि गनाइहाल्यौ सबले चिने तिम्लाई
देशको मुहार फेर्छु भन्दै सबलाई झुक्याएर
ठूलै महल बनाइहाल्यौ सबले चिने तिम्लाई
चिच्याई चिच्याई बाँडेका ती मीठा आश्वासन
खाडलमा खन्याइहाल्यौ सबले चिने तिम्लाई
माखो मार्न नसक्दा नि इमान्दार र राम्रो
जबर्दस्ती भनाइहाल्यौ सबले चिने तिम्लाई
भोक, रोग र अशिक्षाले पिल्सेकालाई बिर्सी
सधैँ उत्सव मनाइहाल्यौ सबले चिने तिम्लाई
कोमल भट्ट,काठमाडौँ
हाल : न्युयोर्क, अमेरिका
