Skip to content

यस्तै रहेछ जिन्दगी

  • by


रोएर बिते ती दिनहरू
त्यो कालो वादल
आँखैको सामु उर्लिएर आउदा
भिज्यो मन कति-कति
त्यो वर्षातको भेल
छ-छल्किएर पोखिन्दा
अनायासै
घाउहरू बल्झे
वतास र तुवाँलोले छेकिदिँदा

यस्तै रहेछ जिन्दगी
कहिले घामपानी
कहिले सितल छाँया
जति खोजे पनि
नभेटीने रैछ अनिकालको माँया

फूलमा फूल्न सकेन
न त हाँगामा नै
ती त काँडामा झुण्डिएर
ओईली झरेका पात भए

कहिले काँही उम्रने
उसै गरी बित्ने
हुनसम्म हुने रहेछ
डाँडापारि कै जुन झै गए
आफ्नो पाईला आफै मेटी
पग्लिएर विलाई जाने
मूल्य विनाको नुन भए

कस्लाई थाहा छ र
आधार विहीन अस्तित्व
मान्छे भनु भने छैन् मन
त्यो त ढुंगा हो ढुंगा
जता हुईक्याए पनि हुने

छैन्न अब यहाँ
कसैले कसैलाई दयाले छुने
सडकमा हिड्नेलाई
सडकको कथा थाहा छ
बलिया कै रैछ दिन अब
निर्धालाई चाहिँ
हेप्न पाँए भन्दैमा
लातले हाने पनि हुने

आजकल त बजारमा
दाउ छोप्नेको
छ्याप छ्याप्ति भाउ भेटिन्छन
उस्तै परे घाँटी रेटीन्छन्
जतातत्तै विकृति र विसंगतिको मोल सस्तो छ
नपत्याए सिधै सोधे हुन्छ
ओच्छयान विनाको निन्द्रा कस्तो छ

माँन्छे भएर गर्व गर्ने दिन गए अब
कस्तो भनु जिन्दगी
सस्तो भनु या महँगो
आफनो भाग आफै छुट्याऔं
मेरो चाहिँ यस्तै रहेछ जिन्दगी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *