देशको उद्धार गर्न नसके, बाँचेर के भो जीवन,
देशको खातिर मर्न नसके, साँचेर के भो जीवन ।
देश वन्छ भनेर तातो गोली, पियर मानिस ढले,
आखिर् बनेन शहिद तिमीले, नाँसेर के भो जीवन ।
देखायौ सपना सपुतलाई, गुलियो जन्युद्ध लडौं,
दशौं हजार जनताको-होली, माँसेर के भो जीवन ।
आपसमै लडेर भाँच्यौ सिङ्ग, अघि त्यो सहमतिको
मृत्युपछिको-औषधि मित्रता, गाँसेर के भो जीवन ।
रगत पसिना बगाउँदा, एकपेट् नभरिएपछि,
रुँदारुँदै रुन्चे-हाँसो नहाँस, हाँसेर के भो जीवन ।
पलपल खुन पिएर यहाँ, बाँचेर के भो जीवन,
जिउनु छेन “निर्भीक” भै भने नाँचेर के भो जीवन ।
चूडा निर्भीक
