बनाउ है साथी नेपाल माँथी पुर्याउ है चुलीमा
भ्रष्टाचार गर्ने यो देश नंग्याउने चढाउ सूलीमा ।
क्या राम्रो ठाँउ पहाडी गाँउ झरनाले छोएको
यो मनै भित्र खुशीले छाँउदा धरधरी रोएको ।।
पसिना झारी अमृत पारी विश्वमा चिनाउ की
श्रम र सीप गरेरै सबैले हातेमालो मिलाउ की ।
माटोमा रोपे माटैमा फल्छ मेहनतको कमाई
साईत जुरे पंचेबाजा ठोकी भित्रयाउछ दमाई ।।
खोला र नाला पहाड र पर्वत हिमाल – तराई
क्षेत्री र वाहुन लिम्वु र राई कोई नबनौ पराई ।
रगत सबैको रातों नै हुन्छ कोई कालो हुदैन्
नेपाली हाँमी सबै एकजुट भए कसैले नी छुदैन् ।।
बतास रोकी यो धर्ती बोले आकाशले सुन्दछ
गहीराई र उच्चाई नापेर हेरे पातालले छुन्दछ ।
धर्ममा आस्था गरेर सोध स्वर्ग कहाँ छ झुकेको
मनमा खोजे मनमै भेट्टाउनेछ्यौ ईश्वर लुकेको ।।
पुर्खाको राज्य शहीदको सपना युद्धमा जीतेको
पूर्व-पश्चिम उत्तर-दक्षिण किल्ला ठोकेरै बितेको ।
एक मुट्ठी सास रहिन्जेलसम्म लडौ है अंगाली
बाँचौ र बचाउ सबैजना मिली नेपाल र नेपाली ।।
