पित्तो जत्रो चित्त बोक्नेहरूको भीड देखें
छुरा बोकी रामराम घोक्नेहरूको भीड देखें
सिन्का सोत्तर नभाँची ढल्या लोटा नउठाई
आदर्शको गफगाफ खोक्नेहरूको भीड देखें
चालु उस्तै ठालू आफ्नो स्वार्थ पूरा गर्न
लाठी मुङ्ग्रा गर्दै ठोक्नेहरूको भीड देखें
आफूभन्दा माथि पुग्लान भन्ने डर तिन्लाई
केहि गर्लान भनी रोक्नेहरूको भीड देखें
बिर्सिएर देश जनताको पीर यहाँ
मस्तसँग रम धोक्नेहरूको भीड देखें
राजेश रुम्बा लामा ‘अतृप्त’
