यो देशका युवाहरू आज रहर बेचिरहेछन
व्यवहारमा फँसेर आफ्नै शहर बेचिरहेछन
राजनीति यस्तो भयो सबै निरंकुश भएर गए
आफ्नैलाई मार्न खतरनाक जहर बेचिरहेछन
हराबरा खेतबारी खुबै हुन्थ्यो अन्नपात
यति बाध्य भए कि आफ्नै नहर बेचिरहेछन
लाउँखाउँ उमेरमा खुकुरीको धार टेकी
प्रत्येक पल मृत्युरुपी कहर बेचिरहेछन
बिना तामाङ’सुनगाभा’
काठमाण्डौं

हराबरा खेतबारी खुबै हुन्थ्यो
हराबरा खेतबारी खुबै हुन्थ्यो अन्नपात
यति बाध्य भए कि आफ्नै नहर बेचिरहेछन
Every has to think about these lines. I say, it’s very sensitive matter.